Saturday, September 10, 2011

केही उपयोगी Firefox Addon हरू !


                           

Firefox Addons
नि:शुल्क, सोर्सकोडहरू खुला भएको र छरितो भएकोले मात्रै हैन्, विभिन्न प्रयोजन र आवश्यक कार्यहरू गर्नको लागि हजारौँको सङ्ख्यामा एडअनहरू उपलब्ध रहेकाले फायरफक्स वा Mozilla Firefoxधेरैजसो इन्टरनेट प्रयोगकर्ताका पहिलो चयन हुने गरेको छ। कम्प्युटरमा रहेका धेरैजसो सफ्टवेयरहरूसँग विभिन्न प्रयोजनको लागि ब्राउजरबाटै जोडन सकिने र ठुला-ठुला वा जटिल कार्यलाई सजिलै सम्पादन गर्न मिल्ने गरी बनाइएका फायरफक्सका साँच्चै हजारौँको सङ्ख्यामा एडअनहरू उपलब्ध छन् र मानिसहरू आफ्नो शौक वा कामको आवश्यकता अनुसार चाहिने एडअनहरू आफ्नो कम्प्युटरमा हाल्ने गर्छन् ।

माथि नै भनिसकेँ, शौक र कामको प्रकृति अनुसार सबैले भिन्न-भिन्न एडअनको प्रयोग गर्छन् त्यसैले सबैको चयन फरक फरक हुनसक्छ। आजको पोस्टमा, म , मैले प्रयोग गर्ने र उपयोगी देखेका केही यस्ता एडअनहरूको चर्चा गर्दैछु । केही के.बी. देखीका साइजमा आउने र झन्झट रहित स्थापना गर्न सकिने यी एडअनहरू तपाईँ पनि प्रयोग गर्न सक्नुहुन्छ ।
Adblock Plus वा विज्ञापन अवरोधक: यो मेरो पुरानो प्रिय एडअन हो। सामान्यतया हामी कोही पनि विज्ञापन हेर्नको लागि कुनै साइटमा प्रवेश गर्दैनौ, तर चल्ने, नचल्ने प्राय: सबै साइटमा आजकल विज्ञापनको बाढी नै हुन्छन् । विज्ञापनको भारले एक त पेज कुरूप देखिन्छ भने अर्को कुरा, तीनै विज्ञापनका कारण पेज लोड पनि ढिला हुन्छ। यदि तपाई फायरफक्स प्रयोग गर्नुहुन्छ भने यो झमेलाबाट सजिलै मुक्त हुन सक्नुहुन्छ। यसको लागि यो पेजमा जानुस र "Install Adblock Plus" मा क्लिक गर्नुस वा सिधै यहाँ बाट यसलाई ब्राउजरमा जोडनुस्। यसले सूचना वा मनोरञ्जनको लागि कुनै पनि साइट खोल्दा, त्यसमा भएका अनावश्यक, पप-अप, फ्ल्यास, वा गुगल एड आदि विज्ञापनलाई निष्क्रिय बनाइदिन्छ र तपाईँले हेर्ने पेज सफा र छरितो देखिन्छ ।

यसले पेजमा हुने धेरै किसिमका अनावश्यक विज्ञापन, एनिमेसन र स्क्रिप्टहरूलाई पनि रोक्न सक्छ। तर यदि तपाईँ सरल तरिकाले विज्ञापन मात्रै रोक्न चाहनुहुन्छ भने यो इन्स्टल भएपछि यसको Options>>Filters>>Add filter subscription... हुँदै ड्रप डाउन मेनुमा क्लिक गरी EasyList (English) चयन गरी “Add subscription” मा क्लिक गर्न सक्नुहुन्छ ।
Adblock Plus
अब तपाईँले हेर्ने समाचार, ब्लग वा अन्य साइट विना विज्ञापन सफा र छरितो देखिनेछ ।
विज्ञापन खुल्ला छाड्दा र रोक्दा तपाइँले हेर्ने पेजमा कति भिन्नता हुन्छ भन्ने देखाउन मैले आजको कान्तिपुरको एउटै समाचारको दुईवटा स्क्रिनसट यहाँ राखेको छु । ल हेर्नुस, विज्ञापनले पेज कत्ति भद्दा बनाएको छ र तपाईको व्याण्डविड्थको कति नोक्सान समेत गर्छ Angel:
Google Shortcuts: नाम बाटै थाहा हुन्छ यो गुगलसँग सम्बन्धित एडअन हो। हो, यसले गुगलका सबै सेवा वा पेज विशेषलाई ब्राउजरको टुलबारमा राखिदिन्छ । यदि तपाईँ जिमेल, ब्लगर, बज, आदि जस्ता पेजहरू बारम्बार खोल्नुहुन्छ भने यो एडअन एकदमै उपयोगी हुनसक्छ । त्यसो त यसले तपाइले बराबर भिजिट गर्ने कुनैपनि साइटलाई पनि "Custom Button" को रूपमा सहज एक्सेसको लागि टुलबारमा राखिदिन्छ । गुगलका माथि उल्लेखित साइट बाहेक युट्युब, अर्कुट, गुगल अर्थ, बुक्स, ल्याब, फिडबर्नर, ड्यासबोर्ड, एडसेन्स आदि लगाएत १५० भन्दा बढी अनुप्रयोगहरू पनि यसको प्रयोगबाट टुलबारमा राख्न सकिन्छ ।
Google Shortcuts
आफैँले थपेका नयाँ पेज वा साइटहरू वा Custom Button मा आफ्नै फेविकन थप्ने, पुराना सेटिङलाई व्याकअप राख्न मिल्ने र अर्को कम्प्युटरमा पुरानो व्याकअप रिस्टोर गर्न मिल्ने भएकोले र जुनसुकै साइट यसमा जोडन मिल्ने भएकोले गुगल प्रयोगकर्ता र अन्यलाई पनि यो एडअन उपयुक्त हुनसक्छ । यदि तपाई यो एडअनको बारेमा अरू बढी जान्न चहनुहुन्छ भने यहाँ जान सक्नुहुन्छ भने सीधै डाउनलोड गर्नयहाँ क्लिक गर्नुस् ।
Nepali Dictionary वा नेपाली शब्दकोष: नेपाली भाषाको हिज्जे वा ह्रस्व दीर्घको शुद्धाशुद्धि गर्ने काम सजिलो छैन । हुन त माइक्रोसफ्टको अफिसमा समेत यो शुद्धाशुद्धिको अनुप्रयोग राख्न मिल्छ, तैपनि इन्टरनेट प्रयोगकर्ताको लागि भने यो वेवबेस्ड शब्दकोष निकै उपयोगी हुन सक्छ। यसले फेसबुक, लगाएत प्राय: कुनै पनि पेजमा नेपाली युनिकोडमा लेख्दा हुने भाषागत त्रुटिलाई औँल्याइदिन्छ र सम्भाव्य शब्दको सुझाव पनि दिन्छ।
Nepali Spell Check for Firefox
एडअन इन्स्टल पश्चात् तपाईँले ब्राउजर रिस्टार्ट गर्नु पर्न सक्छ। त्यसपछी तपाईँले फेसबुक, ट्वीटर, ब्लगर वा अन्य कुनै पेजमा नेपाली युनिकोडमा केही लेख्नुभयो भने यसले त्रुटी देखाउने र सही शब्द सुझाउने गर्छ । त्यसको लागि एक पटक तपाईँले कुनै पनि सन्देश लेखिने कोष्ठमा आफ्नो माउसलाई राइट क्लिक गरी Check Spelling भन्दा मुनि रहेको “Languages “ मा नेपाली चयन गर्नु पर्ने हुन्छ । (चित्रमा हेर्नुस)
तपाईँ आफ्नो फायरफक्स ब्राउजरमा यो शब्दकोषको एडअन हाल्न चाहनुहुन्छ भने, यो पेजमा गएर "+ Add to Firefox" मा क्लिक गर्नुस वा सिधै यो लिन्क पच्छ्याउनुस्।
माथि नै लेखिसकेँ, फायरफक्समा जोडन मिल्ने यस्ता एडअनको सङ्ख्या हजारौं छन् । त्यसैले अब केही सामाजिक सञ्जालको लागि प्रयोग हुने एडअनहरूको लिन्क दिँदैछु:

FB Chat Sidebar Disabler: फेसबुकले रिडीजाइन गरेको झन्झटिलो च्याट-साइडबारको सट्टा पुरानै च्याट विन्डो प्रयोग गर्न चाहनुहुन्छ भने यो एडअन हाल्नुस। यसको बारेमा अरु जान्न यहाँजानुहोस् वा सिधै इन्स्टल गर्न यहाँ क्लिक गर्नुस् ।
Facebook Photo Theater Killer: फेसबुकमा कसैको फोटो बा एल्बम हेर्दा पुरै पेज ढाक्ने कालो व्याकग्राउण्ड र theater effect हटाएर पहिला जस्तै फोटोहरू सफासँग हेर्ने हो भने यो एडअन हाल्नुस। यसको बारेमा अरू विवरण यहाँ छ र सिधै डाउनलोड गर्न यहाँ क्लिक गर्नुस् ।
Echofon: यो एउटा सरल र वहुउपयोगी र वहु प्रयोगकर्ताले चलाउन मिल्ने ट्वीटर एक्स्टेन्सन हो। यदि, ट्वीटरको आधिकारिक साइट वा पेजमा नगईकन कुनैपनि पेजमा रेहेको बेलामा ट्वीट गर्न, साथिहरूको ट्वीट पढ्न, डाइरेक्ट मेसेज गर्न वा रिट्वीट गर्न चाहनुहुन्छ भने यो सर्बोत्तम एडअन हो। यसको बारेमा अरु जान्न यहाँ जानुहोस् वा सिधै इन्स्टल गर्न यहाँ क्लिक गर्नुस् ।
FireStatus: तपाईँलाई एउटै शन्देस एकै पटक २-३ वटा सामाजिक सञ्जालमा अपडेट गर्नु छ भने के गर्नु हुन्छ ? । त्यसो त यसको लागि धेरै प्रकारका एक्सटेन्सनहरू उपलब्ध छन् । ती मध्ये Facebook, Twitter, FriendFeed, Delicious र Identi.ca जस्ता सञ्जालमा एकैपटक आफ्नो स्टाटस अपडेट गर्न र ती सञ्जालमा अरूले पोस्ट गरेका सन्देश पढ्न यो सानो एक्स्टेन्सन एकदमै उपयोगी हुनसक्छ । यसको मद्दतबाट तपाई माथिका मध्ये कुनैपनि पेजमा नगइकन ती सबै पेजमा आफ्नो सन्देश अपडेट गर्न सक्नुहुन्छ। साथै आफ्नो साथीहरूको सन्देश पढ्न सक्नुहुन्छ । यसको बारेमा अरु जान्न यहाँ जानुहोस् वा सिधै इन्स्टल गर्न यहाँ क्लिक गर्नुस् ।
Happy Surfing !
(तपाइलाई पनि कुनै उपयोगी फायरफक्स एडअनको बारेमा थाहा छ भने बाँड्नुस !

No comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More