Saturday, September 10, 2011

रामेछापका गाउँ गाउँमा अब इन्टरनेट सेवा

हजुरको वायरलेस नेटवोर्क रामेछापको आयोजनामा सुचना तथा सञ्चार प्रविधिको सेवाहरुलाई गाउँ सहरमा पुर्‍याई जनतालाई विकासका सुचना र सेवामा पहुँच वृद्धि गर्ने उद्धेश्यले रामेछापको सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ ।

कार्यक्रममा ताररहित इन्टरनेट सेवा सञ्चालन गरिएको बारेमा नेपाल वायरलेसका पएाविधिक संयोजक बिक्रम आचार्यले जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न राजनितिक दलका पाटीप्रतिनिधि सरकारी तथा गैरसरकारी संघसस्थाका कार्यलय प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । इन्टरनेट मार्फ रामेछाप लगाएत छिमिकी जिल्लाहरु सिन्धुली र ओखलढुङगा तथा आसपासका क्षेत्रहरुमा सामाजिक, आर्थिक, शैक्षिक प्रशासनिक तथा प्राविधिक र विभिन्न कामका लागि पर्याप्त क्षमतासहितको निर्धारीत व्याण्डवीथ मार्फ सेवा उपलब्ध भएको बारेमा जानकारुी गराउनुका साथै केही समयभित्रै टेलिमेडिसिन सेवा पनि सञ्चालनमा आउने बताइएको छ ।
कार्यक्रममा इन्टरनेट सेवा सञ्चालनका लागि जिल्लाका राजनैतिक दलका नेतन तथा प्रतिनिधि कार्यलय प्रमुख सञ्चारकर्मी लगाएत सम्पर्ुण्ा जिल्लावासिलाई सहयोग गरिदिन नेपाल वायरलेस नेटवोर्ककार् पाविधिक संयोजक विक्रम आचार्यले आग्रह समेत गर्नुभयोको छ ।

No comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More